Logo

कर्पोरेट-बजार

परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन


GDP नेपाल
   ९ चैत्र २०७९, बिहिबार


नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन हुनुभएको छ । नेपाल उद्योग परिसंघको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो ।

आगामी वार्षिक साधारण सभापछि अग्रवाल स्वतः परिसंघको अध्यक्ष बन्नुहुनेछ । परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजश्व समिति सभापति एवं विभिन्न समितिमा रहेर काम गरिसक्नुभएका अग्रवाल रोजगारदाता परिषद् संयोजक भई २०७४ बाट परिसंघको उपाध्यक्ष रहनुभएको छ ।

काठमाडौंमा जन्मनुभएका अग्रवाल सन् १९९२ देखि उद्योग क्षेत्रमा हुनुहुन्छ । आरएमसी गु्रपका कार्यकारी निर्देशक समेत रहनुभएका अग्रवाल सिमेन्ट, स्टिल, खाद्यलगायतका क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

उद्योग व्यवसाय क्षेत्रको लामो अनुभव तथा विज्ञताले परिसंघलाई थप गतिशिल बनाउँदै देशको अर्थतन्त्र सुधारका लागि उहाँले महत्वपूर्ण भूमिका खेल्नुहुने परिसंघको विश्वास छ ।

प्रकाशित : ९ चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह