Logo

बिजनेस होम

सामसङ्गले ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जि नेपाली बजारमा ल्याउँदै, यस्ता छन् विशेषता


GDP नेपाल
   ९ चैत्र २०७९, बिहिबार


सामसङ्गले नेपाली बजारमा ए–सिरिजका नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ । सामसङ्ग ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिको विश्वव्यापी बिक्री सुरु भएसंगै नेपाली बजारमा पनि सार्वजनिक गर्ने तयारी भएको हो ।

नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जि मा विशेष गरी तीन लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषताहरु रहेको छ । दुवै स्मार्टफोनहरु प्रारम्भिक लेन्सका साथ केही अपग्रेडका साथ बजारमा आएका छन् । ग्यालेक्सी ए३४ ५जि ४८ एमपि प्राइमेरी क्यामरा र २ एमपि म्याक्रो लेन्सका साथ आएको छ भनें ग्यालेक्सी ए५४ ५जिमा ५ एमपि म्याक्रो लेन्ससहित ५० एमपि प्राइमेरी रहेको छ । दुवै फोनहरुमा ८ एमपिको अल्टा वाइड एँगल लेन्स जडित छ । यी लेन्सहरुले माथि उल्लेख गरिएको नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रीकालीन फोटो÷भिडियो, इन्हान्सड ओआइएस, पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटो पाउन सकिन्छ ।

दुवै फोनलाई १२० हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएकोले यसमा भएकाृ सुपर एमोलेड डिस्प्लेमार्फत् प्रयोगकर्ताहरु रोजाईंमा ढुक्क हुनसक्छन । यसमा पानी र धुलो प्रतिरोधक आइपि६७ र कर्निङ्ग गोरिल्ला ग्लास ५ सुरक्षण र सामसङ्गको सिग्नेचर नक्स सेक्युरिटीको साथ उपलब्ध छन् । ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जि मा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस अपग्रेडहरुको ग्यारेन्टी पनि दिइएको छ ।

सामसङ्ग ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिको डिजाइन ग्यालेक्सी एस२३ को मुख्य डिजाइनसंग मिल्दोजुल्दो रहेको छ ।

प्रकाशित : ९ चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह