आजबाट कैलाश हेलिकोप्टर छैठौँ वर्षमा प्रवेश गरेको छ ।
सन् २०१८ मार्च २३ बाट आफ्नो सेवा सुरु गरेको यस कम्पनीले हाल तीनवटा हेलिकोप्टरमार्फत व्यावसायिक उडान सेवा दिँदै आएको छ । कम्पनी सञ्चालक प्रतापजंग पाण्डेका अनुसार आगामी वर्षसम्म थप दुई हेलिकोप्टर थप्ने कम्पनीको योजना रहेको छ ।
‘‘आजबाट हामी छैठौँ वर्षमा प्रवेश गरेका छौं। हामीले स्थापनाकालदेखि पाँच वर्षमा पाँचवटा हेलिकोप्टर संख्या विस्तारको व्यावसायिक योजना बनाएका थियौं। तर, कोभिड–१९ का कारण यो योजना धकेलिएको छ’ पाण्डेले भने ।
प्रतिक्रिया