Logo

बैंक / बिमा /शेयर

चैत २१ देखि ऋणपत्र निष्कासन गर्दै एनएमबी बैंक


GDP नेपाल
   १२ चैत्र २०७९, आइतबार


एनएमबी बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले चैत २१ गतेदेखि १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदर रहेकोुएनएमबी डिबेञ्चर १०.७५ प्रतिशत ‘२०८९/२०९०’नामक ऋणपत्र निष्कासन गर्ने भएको हो ।

बैंकले प्रतिकित्ता १ हजार मूल्य अंकित दरको ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने र बाँकी रहेको ४० प्रतिशत अर्थात् १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ ।

सर्वसाधारणमा बाँडफाँट गरिने ४० प्रतिशत ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरी सकिएको छ। बैंकका अनुसार सामूहिक लगानीकोषमा वितरण हुन नसकेको बाँकी कित्ता ऋणपत्र समेत सर्वसाधारणमा बिक्री गर्न लागिएको छ ।

उक्त ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ताकादेखि अधिकतम १६ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयर आलाइन प्रयोग गरी सी–आस्बा प्रणली मार्फत् आवेदन दिन सकिने व्यवस्था छ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित : १२ चैत्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह