नेशनल माइक्रोफाइनान्स लघुवित्तको लाभांश दोस्रो पटक संशोधन भएको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले लाभांश संशोधन गर्दै गत आर्थिक वर्षको नाफाबाट अब १५ प्रतिशत बोनस सेयर मात्र वितरण गर्ने निर्णय गरेको छ ।
यस अघि लघुवित्तले पहिलो पटक ३८.५५ प्रतिशत बोनस र दोस्रो पटक ३४.४५५ लाभांश दिने प्रस्ताव गरेको थियो ।
प्रस्तावित लाभांश संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।
प्रतिक्रिया