Logo

बैंक / बिमा /शेयर

झिनो अंकले बढ्यो सेयर बजार, ८१ करोडमा खुम्चियो कारोबार


GDP नेपाल
   १५ चैत्र २०७९, बुधबार


बुधबार सेयर बजार झिनो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १.०२ अंकले बढेर एक हजार ९१९.४२ विन्दुमा पुगेको छ ।

होटल तथा पर्यटन ४१, निर्जीवन बीमा १८, माइक्रोफाइनान्स ९ र अन्य उपसमूह ९ अंकले बढेको छ । यस्तै, बैंकिङ ०.१४, विकास बैंक १५, फाइनान्स ५, जलविद्युत् ०.९६, जीवन बीमा ५०, उत्पादन ३ र ब्यापार १९ अंकले घटेको छ ।

आज सुपर मादी हाइड्रोपावर र कालिन्चोक दर्शन लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज खप्तड लघुवित्तको सेयर चार प्रतिशत भन्दा धेरैले घटेको छ ।

यसदिन २५८ कम्पनीका २५ लाख ३९ हजार कित्ता सेयर ८१ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह