Logo

Uncategorized

महासंघमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सुनिल केसी केन्द्रीय सदस्य बन्दै !


GDP Nepal
   १६ चैत्र २०७९, बिहिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुको तर्फबाट सुनील केसी कार्यकारिणी समिति सदस्य हुने भएका छन् । युवा व्यवसायी केसी नेपाल इन्डिया उद्योग वाणिज्य संघका उपाध्यक्ष हुन् ।

‘यसपटक महासंघमा पठाउने पालो नेपाल भारत उद्योग वाणिज्य संघको हो,” द्विराष्ट्रिय उद्योग वाणिज्य फोरमका एक सदस्यले भने, “नेपाल इन्डिया चेम्बरबाट पनि उपाध्यक्ष सुनिल केसीको नाम आइसकेको छ ।”

द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुका तर्फबाट महासंघमा सबै संघको सहमतिमा पालैपालो प्रतिनिधित्व हुँदै आएको छ । संघहरुबीच ‘अल्फाबेटिकल अर्डर’अनुसार प्रतिनिधि छनोट गरिन्छ । हाल महासंघमा २० द्विराष्ट्रिय उद्योग वाणिज्य संघ सदस्य रहेका छन् ।

महासंघको हालको कार्यसमितिमा सन्दीप अग्रवाल द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट निर्विरोध निर्वाचित भएका थिए । उनले नेपाल इन्डोनेसिया उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गरेका थिए ।

यसअघि नेपाल चीन उद्योग वाणिज्य संघका त्रिभुवनधर तुलाधर, नेपाल थाइल्यान्ड उद्योग वाणिज्य संघका अजयकुमार मुडभरी तथा नेपाल मलेसिया चेम्बर अफ कमर्सबाट चन्द्रप्रसाद ढकालले महासंघ कार्यकारिणी समितिमा प्रतिनिधित्व गरिसकेका छन् ।

महासंघको आसन्न साधारणसभाबाट ढकाल अध्यक्षमा निर्वाचित हुँदैछन् । द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट महासंघमा प्रतिनिधित्व गर्ने ढकाल पहिलो हुन् ।

प्रकाशित : १६ चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह