Logo

कर्पोरेट-बजार

फेल्ट उद्योग संघबाट एफएनसीसीआईमा नरेशलाल श्रेष्ठको उम्मेदवारी


GDP नेपाल
   १९ चैत्र २०७९, आइतबार


नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा उद्योगी नरेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको अध्यक्ष समेत रहेका श्रेष्ठले वस्तुगत सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन्। महासंघ सञ्चालनका लागि वस्तुगत संघले मूख्य योगदान दिँदै आएको बताउँदै श्रेष्ठले सोही अनुरुप संघले पनि आफ्नो अधिकार पाउनुपर्ने बताए ।

‘महासंघ संचालनका लागि मुख्य योगदान वस्तुगत संघले दिँदै आएका छन् तर महासंघले वस्तुगत संघलाई सोही अनुरुप अधिकार दिएको छैन,’ उनले भने, ‘अब हामी वस्तुगत संघको हकहित र अधिकार विस्तारका लागि पनि म सदस्य पदमा उम्मेदवारी दिएर अघि बढेको छु ।’ साथै उनले आफु र आफ्नो समुहलाई मत दिएर आगामी निर्वाचनमा विजयी गराउन सबै वस्तुगत संघहरुलाई आग्रह गरेका छन् ।

उनले वरिष्ठ उपाध्यक्ष उमेशलाल श्रेष्ठ तथा वस्तुगत उपाध्यक्ष हेमराज ढकालको समुहबाट सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

हाल महासंघको निर्यात समितिको सहसभापति रहेका श्रेष्ठ जर्मन चेम्बर अफ कमर्स र नेपाल निर्यात परिषद्को उपाध्यक्ष समेत हुन् ।

प्रकाशित : १९ चैत्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह