एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गरेकोे छ । बैंकले आजदेखि वार्षिक १०.७५ प्रतिशत ब्याजदर रहेको ‘एनएमबी डिबेञ्चर १०.७५ प्रतिशत–२०८९/२०९०’ नामक ऋणपत्र निष्कासन गरेको हो ।
बैंकले प्रतिकित्ता १ हजार मूल्य अंकित दरको ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र जारी गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने र बाँकी ४० प्रतिशत अर्थात १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिने जानकारी बैंकले जनाएको छ ।
यस्तै, सर्वसाधारणमा बाँडफाँट गरिने ४० प्रतिशत ऋणपत्रमध्ये ५ प्रतिशत दरको ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरि सकिएको छ । सामूहिक लगानीकोषमा वितरण हुन नसकेको बाँकी कित्ता ऋणपत्र समेत सर्वसाधारणमा बिक्रीमा आएको बैंकले जानकारी दिएको छ ।
जारी ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्ताका देखि अधिकतम १६ लाख कित्तासम्म आवेन दिनसक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया