Logo

बिजनेस होम

विश्वकै १६४७ औं धनी व्यक्ति बने विनोद चौधरी


GDP नेपाल
   २२ चैत्र २०७९, बुधबार


अर्बपति तथा सांसद विनोद चौधरी विश्वकै १६४७ औं धनी व्यक्ति बनेका छन् ।

फोब्र्सले सार्वजनिक गरेको सूची अनुसार चौधरी कूल १.८ अर्ब डलर सम्पत्तिसहित सो स्थानमा पर्न सफल भएका छन् । एक वर्षको अवधिमा उनको सम्पत्ति ३० करोड डलरले वृद्धि भएको छ ।

यस अघि सन् २०२२ मा चौधरी १९२९ औं स्थानमा थिए । गत वर्ष उनको सम्पत्ति १.५ अर्ब डलर रहेको थियो । चौधरी समूहका अध्यक्ष समेत रहेका उनी नेपालका एक्ला अर्बपति हुन् ।

उनी गत मंसीर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा नवलपरासी (बर्दघाट पश्चिम) बाट निर्वाचित भएका थिए ।

प्रकाशित : २२ चैत्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह