Logo

बैंक / बिमा /शेयर

भूगोल इनर्जी डेभलपमेन्टको आइपीओ बिक्रि खुला


GDP नेपाल
   २३ चैत्र २०७९, बिहिबार


भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ बिक्रि खुला भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ बिक्रिमा ल्याएको हो ।

जारी गरिएको सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी रहेको १३ लाख ४६ हजार ९९३ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा चैत २७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित : २३ चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह