Logo

कर्पोरेट-बजार

ग्रोथएक्स एभरेष्ट एक्सेलेटरमा १० वटा स्टार्टअप छानिए


GDP नेपाल
   २३ चैत्र २०७९, बिहिबार


नेपाल उद्योग परिसं, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गरेको छ ।

स्टार्टअपहरुलाई प्रोत्साहन एवं प्रवर्द्धन गर्ने विश्वास सहित सुरु गरिएको यस कार्यक्रम अन्तर्गत सुरुमा १० वटा स्टार्टअप कम्पनी छानिएका छन् । छानिएका १० स्टार्टअपहरुमा फोकसवान पेमेन्ट सोलुसन्स, राईट टिम्स, खेती मेन्चर्स, वाइज्याक सोलुसन्स्, इन्ग्रेल्स, डक्टर्स अन कल, बिहेनेपाल, कारखाना, डेलिस डाइरिज, सेभेन मल्टी ट्रेडिङ रहेका छन् । ती स्टार्टअप कम्पनीहरुलाई ग्रोथएक्स एभरेष्ट एक्सेलेटरमार्फत आगामी तीन महिनासम्म मेन्टरसिप, बजार पहुँचका लागि भारत भ्रमण, लगानीकर्ता तथा कर्पोरेट सम्बन्ध विस्तारमा सहजीकरण प्रदान हुने अयोजकले बताएका छन् ।

आयोजकका अनुसार यस कार्यक्रमको उदेश्य नेपालमा प्राविधिक उद्यमशीलताको नेतृत्वमा आर्थिक विकास ल्याउने रहेको छ । जसले डिजिटल अर्थतन्त्र, स्थानीय ज्ञानमा आधारित रोजगारी, प्रतिभा पलायन रोक्न, निर्यात बढाउन र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न योगदान पुर्याउने जनाइएको छ ।

यस कार्यक्रमले नेपालका उच्च प्रविधि र उच्च सम्भावित प्राविधिक स्टार्अपहरूलाई स्केलिंगअप, विश्वव्यापी विस्तार र कोष सङ्कलनमा सक्षम पार्ने विश्वास लिइएको छ ।

नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको साझेदारीमा टिम भेन्चर्स, स्टार्टअप रिसोले संयुक्त रूपमा स्थापना गरेको कार्यक्रममा नेपालबाट आफ्ना उद्यम सञ्चालन गर्ने संस्थापकहरूलाई सहभागी गराउने जानकारी दिएको छ ।

यसले नेपाली स्टार्टअपहरुलाई अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त उद्योगीहरु, डोमेन विशेषज्ञहरू, सफल संस्थापकहरू, र लगानीकर्ताहरूबाट सल्लाह प्राप्त गर्ने र नयाँ उद्योग स्थापना तथा अन्तर्राष्ट्रिय नेटवर्कका लागि मद्दत पु¥याउने जनाइएको छ । आयोजकका अनुसार यसले नेपालमा एक सम्पन्न प्राविधिक स्टार्टअप इकोसिस्टम निर्माण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित : २३ चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह