Logo

घुमफिर

जुगल आरोहण खुला


GDP नेपाल
   ३ बैशाख २०८०, आइतबार


विसं २०७५ देखि आरोहण खुल्ला गरिएको जुगलअन्तर्गतका अन्य हिमाल आरोहणका लागि खुल्ला गर्ने मन्त्रीपरिषद्को निर्णयले यस क्षेत्रका बासिन्दामा खुसी थपेको छ ।

काठमाडौँबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तव्यका रूपमा रहेको जुगल हिमालमा आरोहण खुल्ला गर्ने निर्णय भएसँगै यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

गत चैत २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त हिमालअन्तर्गत ‘जुगल–१’ देखि ‘जुगल–५’ नामाकरण भएका पाँच चुचुरा आरोहणका लागि खुल्ला गर्ने र पाँच वर्षसम्म शुल्क नलिने निर्णय गरेको थियो । उक्त हिमालअन्तर्गतका आठ हिमालको आधार शिविर नजिक ने–पेमाछाल उपत्यकामा पर्यटन प्रवर्द्धनका विविध कार्यक्रम गरिएको छ ।

छ हजार एक सय ५१ मिटर अग्लो जुगल हिमालमा पहिलोपटक विसं २०७५ को चैतमा सफल आरोहण गरिएको थियो । हालसम्म औपचारिकरुपमा मानव पाइला नपुगेको ग्याल्जेन चुली जुगल हिमशृङ्खलाअन्तर्गत पर्ने आठमध्ये एक रहेको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिनुभयो । जुगल गाउँपालिकाको गोल्चे र गुम्बामा पर्ने जुगल हिमालअन्तर्गत दोर्जे लाक्पा, फुर्बा घिप्चेलगायतका हिमाल पर्दछन् । दोर्जे लाक्पाको उचाइ छ हजार नौ सय ६६ मिटर छ ।

यससम्बन्धी जानकारी दिन यहाँ आयोजित एक कार्यक्रमलाई पूर्वसभामुख अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक–१ का सांसद माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री, जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमालकुमार श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थियो ।

ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व रहेको ने–पेमाछालमा लामा गुरुले पूजा आजा समेत गरिएको थियो भने पर्यटनप्रवर्द्धनका लागि यहाँ विविध कार्यक्रमको पनि आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बताउनुभयो ।

प्रकाशित : ३ बैशाख २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह