भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक एनआइसी क्यापिटलका अनुसार एक लाख ३४ हजार ६९९ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । जसमध्ये ३ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । आइपीओमा कुल १२ लाख ५४ हजार ६ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये १ लाख ४ हजार ८५५ जनाको आवेदन भने रद्द भएको थियो ।
कम्पनीले चैत २३ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ४६ हजार ९९३ आइपीओ बिक्री गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्ट, भूगोल इनर्जीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
प्रतिक्रिया