Logo

कर्पोरेट-बजार

तीन वटा जहाज खरिद गर्दै वायुसेवा निगम, ७ सदस्यीय उपसमिति गठन


GDP नेपाल
   ४ बैशाख २०८०, सोमबार


नेपाल वायुसेवा निगमले तीन वटा साना जहाज खरिद गर्ने भएको छ ।

निगमले दुर्गम क्षेत्रका नागरिकको माग सम्बोधन र हवाई कनेक्टिभिटी बढाउ तीन वटा जहाज खरिद गर्ने तयारी गरेको हो । यसका लागि निगम सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिरशमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ । यसका लागि थप पक्रिया सुरु भइसकेको निगमले जानकारी दिएको छ ।

जहाज खरिद गर्न निगमले आफ्नै आन्तरिक स्रोतबाट पारदर्शी रूपले निर्माता कम्पनीसँग खरिद गर्न भएको छ । निगमले जहाज खरिद गरेपछि नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुलाई सेवा प्रदान गर्न सकिने, पर्यटन प्रवर्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर केही हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने विश्वास जनाएको छ ।

प्रकाशित : ४ बैशाख २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह