Logo

बिजनेस होम

महासंघ एशोसिएट समूहमा डा. रामशरण थपलियालाई सर्वाधिक मत


GDP Nepal
   ५ बैशाख २०८०, मंगलबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट समूहतर्फको सदस्यमा डा. रामशरण थपलियाले लोकप्रिय मत प्राप्त गरेका छन् ।

गत साता राजधानीमा भएको निर्वाचनमा एसोसिएटतर्फ १९ पदका लागि २९ जनाले उम्मेदवारी दिएका थिए । कुल १६ सय ४९ मत खसेकोमा सबैभन्दा धेरै डा. थपलियाले १४ सय ६३ ल्याएका हुन् । नेपाल निर्यात परिषदका द्वितीय उपाध्यक्षसमेत रहेका थपलिया यसअघि २०७३ मा पनि महासंघ सदस्यमा निर्वाचित भएका थिए ।

लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय थपलिया ठमेल पर्यटन विकास परिषद्को पूर्वअध्यक्ष हुन् ।

दोस्रो लोकप्रिय मत मनोज पौडेलले १३७३ र तेस्रोमा आनन्दकुमार बगडियाले १३६४ मत प्राप्त गरेका छन् ।

थपलिया कानुन र पर्यटन क्षेत्रमा स्थापित छन् । दोस्रो कार्यकाल महासंघ कार्यकारिणी समितिमा रहेकाले उनलाई महत्वपूर्ण समितिको जिम्मेवारी दिइने महासंघले जनाएको छ ।

थपलियालाई अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि सदस्य निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।

प्रकाशित : ५ बैशाख २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह