Logo

बैंक / बिमा /शेयर

कृषि विकास बैंकको खुद नाफा ४५.३६ प्रतिशतले घट्यो


GDP नेपाल
   ७ बैशाख २०८०, बिहिबार


कृषि विकास बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासीक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार बैंकले तेस्रो त्रैमाससम्ममा १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ४५.३६ प्रतिशतले घटेको हो ।

गत वर्ष यसै अवधिमा बैंकले १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । यस्तै, बैंकको खराब कर्जा २.३२ प्रतिशतबाट बढेर ४.३५ प्रतिशत पुगेको छ । जसका कारण इम्पेयरमेन्ट चार्च २ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

सञ्चालन नाफा ४८.१५ प्रतिशतले घटेर १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ पुगेको छ । यस्तै, निक्षेप संकलन ५१.०४ प्रतिशतले घट्दा कर्जा लगानी भने २.५५ प्रतिशतले बढेको छ । यसको वितरणयोग्य नाफा पनि ७९.६२ प्रतिशतले घटेर ५८ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी ८.५६ रुपैयाँले घटेर ७.९ रुपैयाँमा आएको छ । यस बैंकको प्रतिसेयर नेटवर्थ २०१.४ रुपैयाँ रहेको छ ।

प्रकाशित : ७ बैशाख २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह