Logo

बैंक / बिमा /शेयर

११.६७ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको नाफा, कुन बैंकको कति ?


GDP नेपाल
   ७ बैशाख २०८०, बिहिबार


वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४८ अर्ब ७० करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

गत वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा ११.६७ प्रतिशतले धेरै हो । गत वर्ष बैंकहरुले ४३ अर्ब ६१ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए ।

तेस्रो त्रैमाससम्ममा नबिल बैंकले सबैभन्दा धेरै खुद नाफा आर्जन गरेको छ । यो अवधिमा नबिलले ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको नबिलको चालु वर्षमा ५२.६३ प्रतिशतले बढी हो ।

यस्तै, सबैभन्दा कम नाफा गर्ने बैंकमा कृषि विकास बैंक परेको छ । विवरण अनुसार बैंकले तेस्रो त्रैमाससम्ममा १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ४५.३६ प्रतिशतले घटेको हो । गत वर्ष यसै अवधिमा बैंकले १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

प्रकाशित : ७ बैशाख २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह