Logo

बैंक / बिमा /शेयर

वार्षिकोत्सवको अवसरमा नेपाल लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्‍यो क्यासब्याक अफर


GDP नेपाल
   ७ बैशाख २०८०, बिहिबार


नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ औं वर्ष पुरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ ।

यस अवसरमा कम्पनीले क्यासब्याक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत बैशाख महिना भरि बीमा शुल्कको नविकरण ई-सेवा मार्फत भुक्तानी गर्ने ग्राहकले ५ प्रतिशत वा २३० रुपैयाँ सम्मको क्यासव्याक प्राप्त गर्न सक्नेछन् ।

सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रमसंग आफ्ना ग्राहक तथा अभिकर्तालाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अफर ल्याइएको कम्पनीले बताएको छ ।

कम्पनीले बीमाशुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई(सेवा, खल्ती, फोन(पे, कनेक्ट आइ.पी.एस, आई एम ई-पे र प्रभु-पेसंग सम्झौता गरेको छ ।

यस अफरबारे जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबार सुरक्षित समेत हुने बताए ।

‘आगामी दिनमा कम्पनीलाई झन् प्रविधि मैत्री बनाई ग्राहक महानुभावहरुलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेको छ’, उनले भने ।

२०५८ साल वैशाख २१ गते स्थापित यस कम्पनीले हाल करिब १९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित : ७ बैशाख २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह