जिरी । सगरमाथाको प्रवेशद्वारका रुपमा निकै ख्याति कमाएको दोलखाको पर्यटकीय नगरी जिरी स्वीट्जरल्यान्डको जुरिचसँग पनि तुलनायोग्य रहेको भन्दै धेरै पुस्तक र आलेखमा लेखिएका छन् ।
तर, सगरमाथाको पदयात्रा छोट्टिएपछि संकटमा परेको जिरीको सौंदर्य भने उस्तै छ । भूकम्पले केही क्षति पु¥याए पनि पुनर्निर्माणसमेत भइसकेको जिरी आन्तरिक पर्यटकका लागि काठमाडौं नजिकैको अग्र्यानिक गन्तव्य बन्नसक्ने देखिएको छ ।
दोलखाका पर्यटन व्यवसायीहरुले जिरी भ्रमणमा आउने पर्यटकलाई होटलमा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । बुधबारदेखि नै लागू भएको यो घोषणा मुलुकका कुनै पनि क्षेत्रका होटलले गरेकोभन्दा ठूलो छुट अफर पनि हो ।
पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले जुनसुकै स्तरको होटलमा पनि चलनचल्तीको मूल्यमा कोठा भाडामा छुट अफर गरेको जिरी उद्योग वाणिज्य संघका अध्यक्ष गेल्बु शेर्पाले जानकारी दिए ।
व्यवसायीको पहललाई स्थानीय सरकारले पनि साथ दिएको छ । जिरी नगरपालिकाले क्लिन जिरी, ग्रिन जिरी, अर्गा्निक जिरी अभियान नै शुरु गरेको छ । नगरपालिकाले अहिले नगरको सरसफाइमा ध्यान दिएको छ ।
त्यसो त जिरीमा पछिल्लो समय नयाँ होटल व्यवसायी पनि थपिँदै गएका छन् । आधुनिक सेवासहित युवाले एक दर्जन होटल भूकम्पपछि नै थपिएका छन् ।
माघ १५ देखि वैशाखको पहिलो सातासम्म कोठा भाडामा ५० प्रतिशत र खानाका परिकारमा समेत विशेष छुट गर्ने निर्णय भएको छ ।
जाने हैन त जिरी घुम्न ?
प्रतिक्रिया