Logo

कर्पोरेट-बजार

चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा


GDP नेपाल
   १० बैशाख २०८०, आइतबार


चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा आएको छ । शुक्रबार दिउँसो आएको हावा हुरीका कारण समस्या देखिएपछि चन्द्रागिरि हिल्स लिमिटेडले केबलकार सञ्चालन बन्द गरेको थियो ।

आज एक विज्ञप्ति जारी गर्दै हिल्सले प्राविधिक परीक्षणपछि केवलकार पुनः सञ्चालनमा आएको जानकारी दिएको हाे ।

यस्तै, अकास्मात केवलकार बन्द गर्नुपरेकोमा माफि माग्दै हिल्सले लेखेको छ, ‘शुक्रबार अपरान्ह ३ बजेदेखि अकस्मात आएको ठूलो हावा हुरीका कारण केवलकार सञ्चालनमा समस्या आएपछि केवलकार सेवा बन्द गरिएको थियो । प्राविधिक परीक्षणको काम सकिएपछि आइतबार दिउसोदेखि केवलकार पुनः सञ्चालनमा आएको छ । प्राविधिक परीक्षणका क्रममा केवलकार सेवा बन्द हुँदा यात्रु महानुभावहरुमा पर्न गएको असुविधा प्रति हामी क्षमापार्थी छौं ।”

प्रकाशित : १० बैशाख २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह