लुम्बिनी विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक ११५ ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘एलबीबीएल डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।
प्रतिक्रिया