Logo

कर्पोरेट-बजार

भ्रम फैलाएको आरोपमा फ्लाई दुबईका दुई कर्मचारीमाथि प्राधिरणको कारवाही


GDP नेपाल
   १२ बैशाख २०८०, मंगलबार


नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईका दुई कर्मचारीलाई कारवाही गरेको छ ।

सोमबार काठमाडौँ-दुबई उडानका क्रममा एफजेड ५७६ जहाजमा समस्या देखिएपछि फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरले भ्रमपूण समाचार फैलाएको भन्दै प्राधिकरणले उनीहरुको विमानस्थल प्रवेशमा रोक लगाउनुका साथै एयरपोर्ट पाससमेत निष्कृय गरेको छ ।

सोमबार राति काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको थियो । प्रत्यक्षदर्शीका अनुसार उडान भर्ने क्रममा सो जहाजबाट ठूलो विस्फोटको आवाजसहित आगोको झिल्का देखा परेको थियो । जहाजमा समस्या देखिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिए पनि अवस्था सामान्य बनेपछि विमान दुबईतर्फ नै लागेको थियो ।

सोही घटनालाई लिएर फ्लाइ दुबईका कर्मचारीले भने टेक अफ गरेलगत्तै जहाजमा चरा ठोक्किँदा समस्या आएको बताएका थिए । तर, प्राधिकरणले भने सो भनाईमा सत्यता नभएको जनाउँदै फ्लाई दुबईका दुई कर्मचारीलाई कारवाही गरेको हो ।

प्रकाशित : १२ बैशाख २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह