नेपाल रिपब्लिक मिडिया लिमिटेडले आइपीओ निष्कासनका लागि अनुमति पाएको छ । कम्पनीले सोमबार नेपाल धितोपत्र बोर्डबाट आईपीओ जारी गर्न स्वीकृति पाएको हो।
कम्पनीले ४३ करोड ५३ लाख रुपैयाँबराबरको ४३ लाख ५३ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्नेछ। कम्पानीले सेयर अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले निष्काशन तथा बिक्री गर्नेछ। कम्पनीको साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड छ।
प्रतिक्रिया