Logo

कर्पोरेट-बजार

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीलाई आभूषण व्यवसायीहरुको सम्मान


GDP नेपाल
   १३ बैशाख २०८०, बुधबार


नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न ५७ औँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट निर्वाचित कार्यसमिति सदस्य एवं पदाधिकारीहरुका लागि बधाई एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले महासंघको एशोसिएट उपाध्यक्ष जोत्सना श्रेष्ठ र कार्यसमिति सदस्य शक्ति कुमार वेगानीलाई सम्मान गरेका हुन् ।

नेपालको सुनचाँदी रत्न तथा आभूषण व्यवसायमा महत्वपूर्ण भूमिका निर्वाह गरेका श्रेष्ठ र वेगानीलाई नीजि क्षेत्रको छाता संगठनको केन्द्रिय पदाधिकारी पदमा निर्वाचित गराउन सफल भएकोमा सिंगो सुनचाँदी रत्न तथा आभूषण क्षेत्र हर्षित भएको उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष जोत्सना श्रेष्ठले नेपालको सुनचाँदी एवं गरगहना क्षेत्र कठिन अवस्थाबाट गुज्रिरहेको, सुनको अभावका कारण व्यवसाय सञ्चालन गर्न अत्यन्तै कठिन भएको र पेशा व्यवसायबाट व्यवसायीहरु पलाएन हुनु पर्ने अवस्था सिर्जना भएको बताइन् ।

उपाध्यक्ष श्रेष्ठले आफू नेपाल उद्योग वाणिज्य महासंघमा प्रवेश गरेसँगै सुनचाँदी रत्न तथा आभूषण व्यवसायीहरुको आवाजलाई उठाउन गर्ने र संस्थागत हितका लागि आफू पूर्ण प्रतिबद्ध रहने बताइन् ।

उनले सिपमूलक जनशक्तिको विकासका लागि आफूले तालिम प्राप्त कालिगडको उत्पादनमा जोड दिने बताइन् ।

“सुनको रेट घटबढका कारण हामी टिक्न सक्ने अवस्थामा छैनौ । करका कारण सुनचाँदीमा भइरहेको अवैध गतिविधि रोक्न पनि हामीले सरकारलाई घच्घचाइरहनु पर्ने देखिन्छ । यस्तै, निजी क्षेत्रलाई नै हतोत्साहित पार्ने गरि अख्तियारले अघि सारेको कतिपय ऐन कानुनलाई खारेज गर्न पनि म सरकारलाई आग्रह गर्दछु” उनले भनिन् ।

सो अवसरमा विभिन्न जिल्लाका रत्न तथा आभूषण व्यवसायी महासंघका अध्यक्ष एवं पदाधिकारीले सम्मान प्रदान गरेका थिए ।

प्रकाशित : १३ बैशाख २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह