Logo

बैंक / बिमा /शेयर

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैशाख २७ गतेदेखि एकीकृत कारोबार सुरु हुने


GDP नेपाल
   १८ बैशाख २०८०, सोमबार


आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच बैशाख २७ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीबीच आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो ।

दुवै कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। यी दुई कम्पनीले गत चैत ६ गते मर्जर सम्झौता गरेका  थिए । यस्तै, दुवै कम्पनीको चैत २२ गते बसेको विशेष साधारणसभाले मर्जर प्रक्रिया स्वीकृत गरेको थियो।

प्रकाशित : १८ बैशाख २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह