Logo

अर्थनीति

नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने तथ्याङ्क कार्यालयको प्रक्षेपण


GDP नेपाल
   १९ बैशाख २०८०, मंगलबार


चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।

मंगलबार केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेकोे तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा उपभोक्तातर्फको आर्थिक वृद्धिदर १.८६ प्रतिशत र समष्टिगत आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने प्रक्षेपण गरिएको हो ।

एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत बराबर रहने प्रक्षेपण गरेको थियो ।

त्यस्तै, विवरण अनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान छ । उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि हुनेछ ।

प्रकाशित : १९ बैशाख २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह