Logo

बिजनेस होम

नक्कली शरणार्थी प्रकरणमा व्यवसायी निरज राईविरुद्ध पक्राउ पुर्जी, दिल्लीमा रहेको आशंका


GDP Nepal
   १९ बैशाख २०८०, मंगलबार


काठमाडौं । व्यवसायी निरज राईविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको भन्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य रहेका निरज राई तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राईका छोरा हुन् ।

इन्द्रजितलाई प्रहरीले मंगलबार बिहान ललितपुरको सुनाकोठीबाट प्रहरीले क्राउ गरेको थियो । उनका छोरा निरज विगत केही सातादेखि भारतको नयाँदिल्लीमा लुकिछिपी बसेका छन् । शरणार्थी प्रकरणको समाचार कान्तिपुर दैनिकमा सार्वजनिक हुने अघिल्लो दिन उनी दिल्ली पुगे पनि हालसम्म स्वदेश फर्किएका छैनन् ।

प्रहरीका अनुसार अनुसन्धानको क्रममा निरज राईले मात्रै ५ करोडभन्दा बढी रकम लिएको खुलेको छ। गृह मन्त्रालयमा आफ्ना बाबु सल्लाहकार रहेको फाइदा उठाउँदै उनले सेटिङ मिलाउँदै आएका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग राई

प्रकाशित : १९ बैशाख २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह