Logo

अर्थनीति

प्रतिव्यक्ति आयः नेपाली रुपैयाँमा बढ्यो, डलरमा बढेन !


GDP Nepal
   १९ बैशाख २०८०, मंगलबार


काठमाडौं । चालू आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय अघिल्लो वर्षभन्दा बढ्न सकेको छ्रैन ।

चालू वर्ष वार्षिक १ हजार ३ सय ९९ अमेरिकी डलर पुगेको भए पनि गत आर्थिक वर्षको संशोधित प्रतिव्यक्ति आय समेत १ हजार ३ सय ९९ अमेरिकी डलर रहेका कारण चालू वर्ष नेपालीको आम्दानी बढ्न सकेको छैन ।

डलरसँगको विनिमय दरअनुसार नेपाली रुपैयाँमा यो १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ बराबर हो ।

गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ थियो ।

यसरी नेपाली रुपैयाँमा प्रतिव्यक्ति आय बढेको देखिए पनि अमेरिकी डलरमा गत वर्षकै बराबर छ ।

नेपाली रुपैयाँमा वृद्धि देखिए पनि अमेरिकी डलरमा बराबरी रहेका कारण विनिमय दरका कारणले मात्र नेपालीको आम्दानी बढी देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक इश्वरीप्रसाद भण्डारीले बताए ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७९÷८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सम्बन्धी प्रतिवेदनमा यो वर्ष थोरैले भएपनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकार बढेकाले प्रतिव्यक्ति आय नेपाली रुपैयाँमा सोही दरले बढेको देखिएको छ ।

उनका अनुसार गत आर्थिक वर्षको संशोधन र यो आर्थिक वर्षको प्रारम्भिक प्रतिव्यक्ति आय बराबर देखिन गएको हो ।

प्रकाशित : १९ बैशाख २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह