Logo

मुख्य समाचार

भुटानी शरणार्थी प्रकरण: एमाले नेता रायमाझीका बाबु छोराविरुद्ध पक्राउ पुर्जी जारी


GDP नेपाल
   २० बैशाख २०८०, बुधबार


नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका रायमाझीविरूद्ध नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दा चलाएको प्रकरणमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । सोही प्रकरणमा उनीसँगै उनका छोरा सन्दीप रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

यस्तै, सोही ठगी धन्दामा संलग्न रहेको अभियोगमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे यसअघि नै पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाण्डेलाई आज पेप्सिकोलाबाट पक्राउ गरेको हो । पाण्डे उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि गृह मन्त्रालयको सचिव थिए । उनी गृह मन्त्रालयको सचिव रहेका बेला नेपालीलाई भूटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेको छ ।

प्रकाशित : २० बैशाख २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह