Logo

बैंक / बिमा /शेयर

धितोपत्र बोर्डले थप १३ ब्रोकर कम्पनीलाई दियो आशय पत्र


GDP नेपाल
   २१ बैशाख २०८०, बिहिबार


नेपाल धितोपत्र बोर्डले थप १३ वटा ब्रोकर कम्पनीलाई आशय पत्र (एओआई) प्रदान गरेको छ । बोर्डको बैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले थप १३ कम्पनीलाई ब्रोकर लाईसेन्सका लागि आशयपत्र प्रदान गर्ने निर्णय गरेको हो ।

बोर्डको निर्णय अनुसार सन्राइज सेक्युरीटीज लिमिटेड, जे।बि।एन।एल सेक्युरीटीज लिमिटेड, शेयर प्रो सेक्युरिटीज प्राइभेट लिमिटेड, स्टक्स्कार्टस् सेक्युरिटीज लिमिटेड, प्रोपर्र्टि विजार्ड लिमिटेड, क्यापिटल हब प्राइभेट लिमिटेड, मिल्की वे शेयर ब्रोकर कम्पनी लिमिटेड, ब्लु चिप सेक्यूरिटिज लिमिटेड, गरिमा सेक्युरिटज लिमिटेड, कलश स्टक मार्केट प्राइभेट लिमिटेड, मनि वल्र्ड शेयर एक्सचेञ्ज प्राइभेट लिमिटेड, शुभकामना सेक्यूरिटिज प्राइभेट लिमिटेड र मियो सेक्युरिटिज प्राइभेट लिमिटेडले आशय पत्र पाउने भएका छन् ।

यसअघि नबोर्डले १६ वटा ब्रोकर कम्पनीलाई आशय पत्र प्रदान गरेको थियो ।

प्रकाशित : २१ बैशाख २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह