Logo

अर्थनीति

मौद्रिक नीतिको समिक्षा सार्वजनिक, बैंकदर १ प्रतिशतले घट्यो (पूर्णपाठ)


GDP नेपाल
   २९ बैशाख २०८०, शुक्रबार


नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीति आन्तरिक आर्थिक गतिविधिहरु चलायमान बनाउन सहयोग पुर्‍याउने गरी सजगतापूर्वक केही लचिलो बनाइएको राष्ट्र बैंकले जनाएको छ ।

मौद्रिक नीतिले नीतिगत दरलाई ७ प्रतिशतमा यथावत राखेर बैङ्क दरलाई १ प्रतिशतले घटाई ७.५ प्रतिशत कायम गरेको छ ।

“मौद्रिक नीतिको अंकुशको रुपमा रहेको नेपाली र भारतीय मुद्राबीचको स्थिर विनिमयदर र बाह्य क्षेत्रतर्फको चालु खाता पूर्ण रुपमा परिवत्र्य रहेको सन्दर्भमा विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता, मौद्रिक नीतिका उद्देश्यहरुकोसम्भावित परिदृश्य, छिमेकी देशको नीतिगत दर र दुवै मुलुकबीच कायम रहेको मुद्रास्फीतिबिचको अन्तरलाई मध्यनजर गरी नीतिगत दरलाई ७ प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोरअन्र्तगतका अन्य दरहरुलाई यथावत राखिएको छ,” मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा

 

प्रकाशित : २९ बैशाख २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह