Logo

मुख्य समाचार

१९३ प्रतिशतले बढ्यो साल्ट ट्रेडिङ कर्पोरेशनको खुद नाफा


GDP नेपाल
   ४ जेष्ठ २०८०, बिहिबार


साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार तेस्रो त्रैमासमा कम्पनीले ३ करोड ७१ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफ १९३.९४ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड २६ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको बिक्री आम्दानी १७.४४ प्रतिशतले बढेर ५ अर्ब ७७ करोड २ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४ अर्ब ९१ करोड ३२ लाख ४९ हजार रूपैयाँ बिक्री आम्दानी गरेको थियो ।

यस्तै, कम्पनीको चुक्ता पूँजी १० प्रतिशतले बढेर २५ करोड ३५ लाख ३१ हजार रूपैयाँ पुगेको छ । जगेडा कोष १.८५ प्रतिशतले बढेर १ अर्ब ३५ करोड १० लाख ४८ हजार रूपैयाँ सञ्चित रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस पनि १० रूपैयाँ ९६ पैसाबाट बढेर २९ रूपैयाँ २८ पैसा पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ४ सय ४४ रुपैयाँ १४ पैसा रहेको छ ।

प्रकाशित : ४ जेष्ठ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह