Logo

अर्थनीति

अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१.५ प्रतिशत, रोजगारी सिर्जनामा ८५ प्रतिशत हिस्सा


GDP Nepal
   ४ जेष्ठ २०८०, बिहिबार


काठमाडौं । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१.५ प्रतिशत रहेको तथा कूल रोजगारीमा ८५ प्रतिशत हिस्सा निजी क्षेत्रको रहेको पायएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले गरेको अध्ययनअनुसार निजी क्षेत्रबाट हालसम्म झन्डै ३२ खर्ब क्रमागत लगानी भएको छ भने यसबाट कूल ५५ लाख रोजगारी सिर्जना भएको जनाइएको छ ।

महासंघ र आइएफसीले कूल तीन महिनामा गरेको ‘स्टेट अफ प्राइभेट सेक्टर इन नेपाल’ अध्ययन प्रतिवेदनअनुसार अर्थतन्त्रका १८ वटा क्षेत्रमा निजी क्षेत्रको योगदान र अवस्था पत्ता लगाइएको छ । अध्ययनका क्रममा नेपालका ५१७ फर्मलाई सर्वेक्षणमा सहभागी गराइएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालले नेपालमा पहिलोपटक अर्थतन्त्रमा निजी क्षेत्रको योगदानबारेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको र त्यसले निजी क्षेत्र किन सम्मानित हुनुपर्छ भन्ने ठोस आधार दिएको बताए । प्रतिवेदनले निजी क्षेत्रमैत्री नीति र व्यवहारिक बिषयहरुलाई सम्बोधन गर्नु पर्ने आवश्यकता औंल्याएको उनले बताए ।
उद्योगमन्त्री रमेश रिजालले निजी क्षेत्रको योगदानलाई सरकारले सकारात्मक रुपमा ग्रहण गर्ने उल्लेख गर्दै यस क्षेत्रका समस्या समाधानका लागि आफूहरु प्रतिवद्ध रहेको बताए ।

महासंघ वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रका योगदानका विषयमा रहेको अन्योल हटाउन प्रतिवेदन कामयावी हुने उल्लेख गर्दै यसले निजी क्षेत्रका समस्या समाधानका निमित्त दबाब सिर्जना गर्ने बताए । निजी क्षेत्र पछिल्लो समय खुम्चिएको स्मरण गर्दै नीतिगत उल्झन हटाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : ४ जेष्ठ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह