Logo

अर्थनीति

वैशाखमा प्रतिदिन ३ अर्ब ९० करोड रुपैयाँ व्यापारघाटा


GDP Nepal
   ७ जेष्ठ २०८०, आइतबार


काठमाडौं । गएको वैशाखमा नेपालले प्रतिदिन ३ अर्ब ९० करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको छ ।

वैशाखमा १ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ बराबरको आयात हुँदा निर्यात भने १२ अर्ब ६२ करोडमा सीमित रहेको छ ।

यसरी वैशाखमा मुलुकले १ खर्ब २१ अर्ब १९ करोड रुपैयाँ बराबरको व्यापारघाटा ब्यहोर्दा प्रतिदिन ३ अर्ब ९० करोड व्यापारघाटा ब्यहोरेको देखिन्छ ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाखसम्म मुलुकको कूल व्यापारघाटा १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । १० महिनाको व्यापारघाटा गत वर्षको तुलनामा १५ प्रतिशत अर्थात् २ खर्ब २६ अर्ब रुपैयाँले न्यून हो ।

गत वर्षको यही अवधिमा १४ खर्ब ३१ अर्ब व्यापार घाटा थियो ।

वैशाखसम्म कूल वस्तु आयात १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँको भएको छ यस अवधिमा १ खर्ब ३० अर्ब रुपैयाँको निर्यात भएको छ ।

प्रकाशित : ७ जेष्ठ २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह