Logo

कर्पोरेट-बजार

इन्टरनेट कम्पनीहरुको कार्टेलिङ र मूल्यवृद्धिविरुद्ध संसदमा प्रदीप पौडेलले आवाज उठाए


GDP Nepal
   ८ जेष्ठ २०८०, सोमबार


काठमाडौं । इन्टरनेट कम्पनीहरुको कार्टेलिङ र मूल्यवृद्धिविरुद्ध संसदमा कांग्रेस युवा नेता प्रदीप पौडेलले आवाज उठाएका छन् ।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायकले मूल्य बढाउन लागेको भन्दै त्यसलाई रोक्न माग गरेका हुन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले इन्टरनेट सेवामा गुणस्तर, गति, क्षमता केही नभएको पनि बताए ।

गुणस्तरीय सेवा उपलब्ध गराउने वातावरण बनाउन उनले सरकारको ध्यानाकर्षण गराए ।

“इन्टरनेटको उपलब्ध सेवामा गुणस्तरीयता, गति, क्षमता, निरन्तरता केही पनि छैन । सेवा अवरुद्ध हुँदा अवधिबराबरको सेवा प्रदान गर्ने वा अवरुद्ध अवधिको शुल्क नलाग्ने सर्त समेत पालना गरिएको छैन,” उनले भने ।

इन्टरनेट सेवा प्रदायकहरूले रातारात मिलेर मूल्य बढाउन लागिरहेका छन् भन्ने सुन्नमा आएको उल्लेख गर्दै उनले भने, इन्टरनेट कम्पनीहरूले मिलेमतोमा बढाउने अनुचित मूल्यलाई तत्काल रोक्न र उनीहरूलाई स्वस्थ प्रतिस्पर्धाबाट गुणस्तरीय सेवा उपलब्ध गराउने वातावरण निर्माण गर्न म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । बजारलाई प्रतिस्पर्धाबाट विमुख गराउन पाइँदैन ।”

प्रकाशित : ८ जेष्ठ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह