Logo

बैंक / बिमा /शेयर

मर्जपछि ‘लक्ष्मी सनराइज बैंक’ नाम रहने, स्वाप रेसियो १:१ र सिईओ लक्ष्मीकै


GDP Nepal
   ८ जेष्ठ २०८०, सोमबार


काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक अन्ततः बराबरी हैसियतमा एक आपसमा गाभिने भएका छन् । दुवै बैंकबीच १ः१ को स्वाप रेसियोमा मर्ज हुने सहमति भएको छ ।

मर्जपछि बैंकको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुनेछ भने मर्जपछि लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह एकीकृत बैंकको सीईओ बन्नेछन् ।

सोमबार अन्तिम सम्झौता सम्पन्न भएको हो । राजधानीमा आयोजित कार्यक्रममा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकका तर्फबाट सञ्चालक बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरे ।


सम्पूर्ण प्रक्रियाहरु टुंग्याई आगामी असार मसान्तभित्रै एकीकृत कारोबार शुरु गर्ने लक्ष्य राखिएको छ । गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्ने सम्झौतामा उल्लेख छ ।

मर्जपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ । लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ ।


सम्झौतापत्र दुबै बैंकको साधारण सभामा पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति प्राप्त गरेपछि दुवै बैंकले एकीकृत कारोबार शुरु गर्नेछन् ।

प्रकाशित : ८ जेष्ठ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह