धितोपत्र बोर्डले सात वटा नयाँ ब्रोकर कम्पनीलाई सञ्चालन अनुमति दिएको छ ।
बोर्डले यसअघि आशय पत्र दिएका भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकेज कम्पनी, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विजार्डलाई सञ्चालन अनुमति दिएको हो। यससँगै नेपालमा ब्रोकर कम्पनीको संख्या ५७ पुगेको छ।
कोर्डले कुल ४२ वटा ब्रोकरलाई आशय पत्र दिएको थियो । जसमा अब बाँकी रहेका ३६ कम्पनीले पूर्वाधार तयारी गरी बोर्डलाई जानकारी दिनुपर्ने छ ।
प्रतिक्रिया