Logo

बैंक / बिमा /शेयर

एसियन हाइड्रोपावरले बोलायो साधारण सभा


GDP नेपाल
   ११ जेष्ठ २०८०, बिहिबार


एसियन हाइड्रोपावरले वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीले ३२ जेठमा द ईन्ट्रान्स क्याफे, ललितपुरमा बिहान ११ बजे सभा बोलाएको हो । उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान,नगद प्रवाह विवरणलगायतमा छलफल गर्नेछ । साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभामा हाल कायम रहेको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरी नयाँ ठेगाना कायम गर्ने एजेन्डा रहेको छ। यस्तै, कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा पनि छ।

सभा प्रयोजनका लागि संस्थाले १९ जेठमा बुक क्लोज गर्ने भएको छ। तसर्थ,१९ जेठसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन्।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह