घोराही सिमेन्ट इन्डस्ट्रीले आइपीओ बाँडफाँट गरेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ७ लाख ५४ हजार ६६१ कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमा कुल ६ लाख ६ हजार ३५० कित्ता सेयर बाँडफाँट गरिएको छ । बाँकी रहेको १ लाख ४८ हजार ३११ कित्ता सेयर सर्वसाधारणलाई थप गरी निष्कासन हुनेछ ।
यसको नतिजा बिक्री प्रबन्धक हिमालयन क्यापिटल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङको वेबसाइट, सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट हेर्न सकिन्छ । त्यस्तै, कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आइपीओमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ
।
प्रतिक्रिया