Logo

बैंक / बिमा /शेयर

राष्ट्रिय बीमा कम्पनीले बोलायो साधारण सभा


GDP नेपाल
   १५ जेष्ठ २०८०, सोमबार


राष्ट्रिय बीमा कम्पनीले साधारण सभा बोलाएको छ । सभा जेठ ३१ गते विहान ११ बजेबाट सुरु हुने छ ।

सभामा साविकको राष्ट्रिय बिमा संस्थानको आर्थिक वर्ष २०६८/०६९, २०६९/०७० र २०७०/०७१ र निर्जीवन बीमा विभागको आर्थिक वर्ष २०७०/०७१, २०७१/०७२ र २०७२/०७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ ।

यसपटक पनि कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । जसका कारण लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा उल्लेखित आर्थिक वर्षको प्रतिवेदन र सोही आर्थिक वर्षहरूको वासलात तथा नाफा नोक्सान सम्बन्धी प्रस्तावहरू पनि पेश गरिँदैछ ।

सर्वसाधारण सेयरधनीबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गर्नेछ । सो मितिभन्दा अघिसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह