महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रिमा आएको छ । लघुवित्तले संस्थापक समूहतर्फको ५ हजार १८३ कित्ता सेय बिक्रिमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य २६४ रुपैयाँ तोकिएको ।
यसर्थ सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनी, जो कोही व्यक्ति वा संस्थाले सो वा सो भन्दा बढी मूल्य अंकित गरी जेठ २३ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको कार्यालय ट्रेड टावर नेपाल, थापाथली काठमाडौंमा गोप्य शिलबन्दी पेश गर्न सक्नेछन् ।
आवेकदले न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।










प्रतिक्रिया