Logo

बैंक / बिमा /शेयर

आइएमई पे र निसर्ग अस्पतालबीच छुट प्रदान गर्ने सम्झौता


GDP नेपाल
   १७ जेष्ठ २०८०, बुधबार


आइएमई पे र निसर्ग अस्पतालबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्ने ग्राहकहरूले २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

सम्झौतापत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थ राज पन्त र आइएमई डिजिटल सोलुसनको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौताअन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुविधा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुविधा बमोजिम ५ प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ।

सो छुट एक वर्षका लागि लागू हुने बताइएको छ।

प्रकाशित : १७ जेष्ठ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह