Logo

बैंक / बिमा /शेयर

नेपाल बैंक र फोकस वान पेमेन्ट सोलुसनबीच भुक्तानी सेवा सम्झौता


GDP नेपाल
   १८ जेष्ठ २०८०, बिहिबार


नेपाल बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन प्रालिबीच भुक्तानी सम्झौता भएको छ ।

डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौतामा बैंकका वरिष्ठ प्रवन्धक संजिव जोशी र फोकसवान पेमेन्टका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नेपाल बैंकका ग्राहकहरूले आफ्नो भिसा डेबिट तथा क्रेडिट कार्ड ‘मोको डिजिटल वालेट’मार्फत मोबाइल टपअप, इन्टरनेट, बिजुली, खानेपानी, हवाई जहाजको टिकट भुक्तानीलगायतका सेवाहरू प्रयोग गर्न सक्ने छन् ।

साथै बैंकका ग्राहकहरूले ‘मोको डिजिटल वालेट’मार्फत ‘स्क्यान टू पे’ गरेर ६ हजारभन्दा बढी भुक्तानी गर्न सकिनेछ ।

हाल ‘मोको डिजिटल वालेट’मा १९ वटा बैंक तथा वित्तीय संस्थाको भिसा डेबिट तथा क्रेडिट कार्ड एड गरेर भुक्तानी गर्न सकिनेछ ।

भिसा कार्ड प्रयोग गरी बिल भुक्तानी गर्ने यो नेपालकै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक कम्पनी हो । विशेष गरी क्रेडिट कार्डबाट बिजुली, खानेपानी, हवाई टिकट तथा इन्टरनेटको बिल भुक्तानी गर्न मिल्ने भएकोले यसको प्रयोग बढ्दो रहेको कम्पनीले जनाएको छ ।
मोको डिजिटल वालेट गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध छ ।

बैंकले नेपालभर २ सय २८ शाखाहरू, २ सय ३ एटीएमका साथै ५४ एक्सटेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको छ ।

प्रकाशित : १८ जेष्ठ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह