Logo

कर्पोरेट-बजार

‘नेपाल–इटली चेन्बर डे’ मनाइयो


GDP नेपाल
   २४ जेष्ठ २०८०, बुधबार


नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीले (एनआईसीसीआई) डे मनाएको छ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले स्थापित नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीले ‘जुन ५’ लाई द्विपक्षीय व्यापार बैठक – एन.आई.सी.सी.आई. दिवस २०२३ लाई ( NICCI DAY ) को रुपमा घोषणा गरेको हो ।

यस अवसरमा पहिलो संस्करणको न्यूजलेटर अनावरण गरिएको थियो । यो कार्यक्रमले नेपाल र इटालीबीचको व्यावसायिक सम्बन्धलाई पर्यटन, उद्योग, आयात, निर्यात बढाउन एन।आई।सी।सी।आई। को प्रतिबद्धतालाई जनाउँछ ।

यसबारे इटालीका महामहिम राजदूत श्री भिन्सेन्जो डे लुकाले प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतीक तथा दिगो साझेदारीका लागि सहकार्यमा जोड दिएका छन् ।

बैठकमा नेपाल इटाली चेम्बर अफ कमर्शका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठले विगतमा सफलतापुर्वक सम्पन्न भएका कार्यक्रमहरु साथै भविष्यका भावी योजनाहरुलाई इंगित गर्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए । यस विशेष अवसरमा इटालीका महामहिम राजदूत श्री भिन्सेन्जो डे लुकाले नेपाल इटालीको भावी योजना साथै पर्यटन, आयात निर्यात, तथा उद्योगलाई कसरी अझ व्यवस्थित ढंगले अगाडी बढाउने र नेपाली कफी, नेपाली हस्तकलाका सामग्रीहरु आदिलाई इटालीमा बजार प्रवद्र्धन गर्ने साथै इटालीमा आप्रवासी नेपालीको समाजलाई उजागर गर्दै व्यवसाय र उद्योगलाई प्रवद्र्धन गर्ने कुरालाई जोड दिँदै नेपाल–इटालीको सम्बन्धलाई अझ बलियो बनाउने कुरामा जोड दिएका छन् ।

नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री ( NICCI)  नेपालमा स्थापित कम्पनी तथा उद्यमीहरूको सम्मानित संस्था हो । सन् २०१४ मा हिक्मत बी मालीको दूरदर्शी नेतृत्वमा स्थापना भएको एनआईसीसिआई इटाली र नेपालबीच व्यापारिक सम्बन्धको प्रवद्र्धन र विकास गर्न समर्पित छ ।

प्रकाशित : २४ जेष्ठ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह