नेपाल राष्ट्र बैंकले आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तलाई एक्विजिसनका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
यो सँगै दुई लघुवित्तको एक्विजिशन प्रकृया अघि बढेको छ । यसअघि, यी दुवै संस्थाहरुले गत चैत २९ गते एक्विजिसन सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
आशा लघुवित्तको चुक्ता पुँजी ४० करोड रुपैयाँ बढी रहेको छ भने राष्ट्र उत्थानको २६ करोड रुपैयाँ रहेको छ । आशा लघुवित्तको राजिष्टर्ड कार्यालय नुवाकोटको मदरपुरमा रहेको छ भने राष्ट्र उत्थान लघुवित्तको काभ्रेको बनेपा, साँगामा रहेको छ ।
प्रतिक्रिया