Logo

कर्पोरेट-बजार

सेल्सबेरीको अनलाइन प्लेटफम ‘इकमर्स’ सञ्चालनमा


GDP नेपाल
   २४ जेष्ठ २०८०, बुधबार


डिपार्टमेन्ट स्टोर चेन “सेल्सबेरी ग्रुपले” इकमर्स वेबसाइट लन्च गरेको छ। सातदोबाटोस्थित कम्पनीको प्रमुख कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै सेल्सबेरी ग्रुपले इकमर्स वेबसाइट लन्च गरेको हो।

कार्यक्रममा सीइओ सुशीलमान प्रधानांगले सेल्सबेरीको इकमर्स प्लेटफर्मको सुरुवात गरे। सीईओ प्राधानाङ्गले अनलाइन सपिङ्ग सेन्टरबाट ४ हजार भन्दा बढी प्रडक्टहरु, घरायसी सामान तथा खाद्य वस्तुहरु प्राप्त गर्न सकिने जानकारी दिए ।

यस डिपार्टमेन्टले अहिले ४ वटा स्थानबाट होमडेलिभरीको सेवा सुरुवात गरेको छ । काठमाडौंको सितापाइला, महाराजगञ्ज, सातदोबाटो शाखा र पोखराको चिप्ले ढुङ्गाबाट अन्लाईन होमडेलिभरीको सेवा प्रदान गरिने उनले बताए ।

त्यस्तै उपभोक्ताले फोनपे, इसेवा, कार्डमार्फत पनि भुक्तानी गर्न सक्नेछन्। लञ्ञको अवसरमा सेल्सबेरीले विभिन्न अफर क्याम्पेन ल्याएको छ। सेल्सबेरीले निशुल्क डेलिभरी प्राप्त गर्ने सुबिधा उपलब्ध गरएको छ साथै रिफर एण्ड अन अफर पनि समेत सर्वजनिक गरेको छ ।

अन्य अन्लाईन सँग सम्बन्धित जानकारी कम्पनी को इकमर्श वेबसाईटमा राखिएको छ । उक्त इकमर्श वेबसाईट को अप्प्लिकेशन गूगल को प्लय्स्टोर मार्फत डाउनलोड गर्न सकिने जनाएको छ ।

प्रकाशित : २४ जेष्ठ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह