Logo

मुख्य समाचार

सेयर बजारमा सीमित व्यक्तिको चलखेल बढ्यो : अर्थमन्त्री महत


GDP नेपाल
   २५ जेष्ठ २०८०, बिहिबार


अर्थमन्त्री डा. प्रकाश शरण महतले सेयर बजारमा सीमित व्यक्तिले चलखेल गरी बढाउने/घटाउने काम गरिरहेको बताएका छन् । बिहिबार नेपाल धितोपत्र बोड (सेबोन) को ३१ औं वार्षिकोत्वसको कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले सेयर बजारलाई सीमित व्यक्तिहरुले मात्रै फाइदा लिने माध्यमको रुपमा लिन नहुने बताएका हुन् ।

‘सीमित व्यक्तिले चलखेल गरी बजार बढाउने/घटाउने काम भइरहेको रहेछ, उनीहरूका गतिविधिले आम सर्वसाधारण लगानीकर्ताले नोक्सानी बेहोरिरहेका छन,’ उनले भने, ‘यसलाई निस्तेज पार्न धितोपत्र बोर्ड लाग्नुपर्छ । सीमित व्यक्तिलाई मात्र लाभ पुग्ने गरी बजार सञ्चालन हुन दिनु हुँदैन ।’

यस्तै, धितोपत्र बोर्डले सेयर बजारलाई प्रतिस्पार्धात्मक बनाउने निति ल्उाउनुपर्ने बताउँदै उनले भने, ‘पुँजीबजारलाई अब प्रतिस्पर्धाको रुपमा लैजानुपर्छ, र धितोपत्र बोर्डले समेत अब शेयरबजारलाई प्रतिस्पर्धात्मक बनाउने नीति लिनुपर्छ ।’

प्रकाशित : २५ जेष्ठ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह