Logo

कृषि / सहकारी

लम्पीस्किनका कारण ८० गाईभैँसी मरे


GDP नेपाल
   २५ जेष्ठ २०८०, बिहिबार


पशु चौपायामा देखिएको लम्पीस्किन रोगका कारण जिल्लामा ८० गाईभैँसी मरेका छन् । लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले जनाएको छ ।

कार्यालयका प्रमुख सुशील केसीका अनुसार हाल जिल्लामा तीन हजार ८६ गाई र दुई सय ५२ भैँसी गरी तीन हजार चार सय १८ गाईभैँसीमा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । सङ्क्रमण भएकामध्ये ८० गाईभैँसी मरेका छन् । सातवटै पालिकामा लम्पीस्किन फैलिएको र राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार राप्ती नगरपालिकामा एक हजार ४०५, कालिका नगरपालिकामा दुई सय ६५, खैरहनी नगरपालिकामा २०४ गाईभँैसीमा सङ्क्रमण देखिएको छ । भरतपुर महानगरपालिकामा दुई सय २५, रत्ननगर नगरपालिकामा एक सय १४, इच्छाकामना गाउपालिकमा नौ सय ५२, माडी नगरपालिकामा दुई सय ५३ पशुलाई लम्पीस्किनको सङ्क्रमण देखिएको छ ।

कार्यालयका अनुसार इच्छाकामना गाउँपालिकामा ४९, भरतपुर महानगरपालिकामा १३, राप्ती नगरपालिकामा १०, कालिका र रत्ननगर नगरपालिकामा चार÷चार गाईभैँसी लम्पीस्किनको सङ्क्रमणबाट मरेका छन् ।

झिँगा, भुसुना, लामखुट्टे विभिन्न कीराको टोकाइबाट फैलिने यस रोगको सङ्क्रमणले पशुमा ज्वोरो आउने, फोका निस्कने, गाँठागुठी आउने, पशु बस्तुलाई कमजोर बनाउने कार्यालयका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यले जानकारी दिनुभयो ।

रोग लागेका गाईभैँसीको समयमै उपचार र जैविक सुरक्षामा ध्यान दिएन भने गाईबस्तुमा गर्भपतनको समस्या पनि देखिनसक्ने उहाँको भनाइ छ । सङ्क्रमण फैलिन नदिन गोठ वरिपरी सफा गर्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु वस्तुको रोगसँग लड्ने क्षमता बढाउन खोप लगाउन उहाँले सुझाव दिनुभयो ।

यस रोगको रोकथामा र न्यूनीकरणका लागि पशु सेवा विज्ञ केन्द्र चितवनले सातवटै पालिकामा जैविक सुरक्षासम्बन्धी कार्यक्रम, औषधि वितरण, खोप वितरण गरिरहेको छ ।

प्रकाशित : २५ जेष्ठ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह