प्रभु लाइफ इन्स्योरेनसको पाचौँ वार्षिक साधारण साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा सम्पन्न आजको सभाले ९.८० प्रतिशत शेयर र ०.५१ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कुल १०.३१ प्रतिशत लाभांस प्रस्ताव पारित गरेको छ ।
यस्तै, सभाले महालक्ष्मी लाईफ इन्स्योरेन्ससँग १ः१ शेयर अनुपातमा हुने मर्जर प्रकृयालाई स्वीकृति प्रदान गरेको छ भने मर्जर पछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राख्ने निर्णय गरेको छ ।
साथै सभाले समूह “क” संस्थापक समूहका शेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्याम कृष्ण श्रेष्ठ र सुुुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ । कम्पनीमा शंकर गौतम तथा दिपक पाण्डेय सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चौंथो वार्षिक साधारण सभाबाटै सञ्चालकमा रहदै आएका छन् ।
सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुभाष अमात्यले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।
प्रतिक्रिया